एमाले कार्यदलको दोस्रो बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेकपा एमालेको आन्तरिक कलह सुल्झाउने कार्यविधि बनाउन गठित कार्यदलको दोस्रो बैठक साँझ ७ बजे बस्ने भएको छ।

सो कार्यदलको मंगलबार पहिलो बैठक भएको थियो। सो बैठकमा पहिले कार्यदलको कार्यसूची, कार्यविधि र आचारसंहिता बनाएर एजेन्डागत काम थाल्ने निर्णय गरिएको थियो।

बैठकले पार्टी पंक्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ ७ बजे बस्ने बैठकले कार्यदलको कार्यविधि,आचारसंहिताबारे छलफल गर्ने कार्यदलमा सहभागी नेता भीम रावलले बताए । 

पार्टी विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले कार्यदल बनाएका थिए।

कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य रहेका छन्।

त्यसैगरी नेपालको तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।