काठमाडौं । हामी समाजसेवा गर्ने भनेको परिपक्व उमेर आर्थिक सम्पन्नता भएपछि गर्नुपर्छ भन्ने धारणा लिन्छौं । तर तेसो होइन समाजसेवा गर्न नत उमेर नत आर्थिक सम्पन्नता चाहिन्छ।
मानिस जन्मेपछि समाजप्रति उत्तरदायी हुनुपर्छ, यही सोचलाई आत्मासाथ गर्दै नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० मा घर भाइ हाल काठमाडौं स्थित नेपाल एपि एफ विधालयमा पढ्दै आइरहेकी प्राष्ना पाण्डे सामाजिक कार्यमा निरन्तर लागि रहेकी छन ।
सानै उमेरदेखि सामाजिक क्षेत्रमा रुचि राख्दै विभिन्न संघ,संस्था मार्फत सामजिक क्षेत्रमा सहयोग गर्दै आइरहेकि पाण्डेले विगतमा धेरै क्षेत्रमा सहयोग गर्दै आइरहेकि छिन ।
उनले कोरोना महामारीमाको बेलामा विभिन्न ठाउमा गएमा गरिब दिन दुखी तथा असहाय बाल बालिकाका लागि पटक पटक निशुल्क भोजन तथा लत्ता कपडा समेत वितरण गदै आइरहेकि छिन ।
सानै उमेरमा समाजसेवामा लागेकि प्राष्ना पाण्डेले भविष्यमा पनि निरन्तर रुपमा समाजसेवामा गर्दै दिन दुखिको सेवामा अगाडी वढदै जाने बताउछिन ।
समाजसेवामा अगाडि बढिरहेकी सानो उमेरकी पाण्डेबाट अरुले पनि केहि सिक्ने हो की ?
Comment