काठमाडौं । अर्थमन्त्रीमा पुनः नियुक्त भएका विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।
शपथ ग्रहणपश्चात अर्थमन्त्री पौडेलले डडेल्धुरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगंजमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका छन् ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेको बेला महामारी रोकथाम, उपचार र सम्पूर्ण अर्थव्यवस्थालाई पुनः उत्थान गर्न यसले सहयोग पुर्याउने मन्त्री पौडेलको विश्वास छ ।
Comment