मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउँदै,भिडभाड नगरी पर्व मनाउन राष्ट्रपतिको अपील

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

इस्लाम धर्मावलम्बीको महान् चाड इद (इद–उल–फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना सन्देश दिँदै उनले विशेषगरी नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौँ, सप्तरी, मोरङ, सुनसरीलगायतका जिल्लामा यो चाड मनाइने र यो पर्व सांस्कृतिक एवं सामाजिक विविधताको मौलिक पहिचान भएको जनाएकी छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

इद (इद–उल–फित्र)का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना सन्देश दिँदै उनले विशेषगरी नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौँ, सप्तरी, मोरङ, सुनसरीलगायतका जिल्लामा यो चाड मनाइने र यो पर्व सांस्कृतिक एवं सामाजिक विविधताको मौलिक पहिचान भएको जनाइन् ।

‘यही विविधता बीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्ने मलाई लागेको छ,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसको दोस्रो नयाँ स्वरुपमा नेपालमा पनि देखा परेकोले यसबाट बच्नका लागि भिडभाड नगरी नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी इद मनाउनका लागि विशेष आग्रह गर्न चाहन्छु ।’

इदको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शुभकामना सन्देशमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने जनाउँदै लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपुसी सद्भाव र सहिष्णुताका साथ कोभिङ १९ का जोखिमप्रति सचेत हुँदै यो पर्व मनाउन आग्रह गरिएको छ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।