काठमाडौं । स्पेनिस ला लिगामा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई उसैको मैदानमा ४-१ ले हरायो ।
रियालको जितमा लुका मोड्रिच, रोड्रिगो, करिम बेन्जमा र ओड्रियोजोलाले एक/एक गोल गरे2 । जितसँगै रियाल मड्रिडले ला लिगा फुटबलको उपाधि संभावना जिवित राखेको छ ।
जारी लिगमा दुई खेल बाँकी छँदा रियाल मड्रिडको ७८ अंक छ । ८० अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा छ भने तेस्रो स्थानको बार्सिलोनाको ७६ अंक छ ।
ला लिगामै गएराति भएको अर्को खेलमा भियारियालले रियाल भालाडोलिडलाई २-० ले हराउँदा आइबार र रियाल बेटिसले १-१ गोलको बराबरी खेलेका छन् ।
Comment