वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोना सङ्क्रमणबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका गैरेलाई एक हप्ताअगाडी कोरोना संङ्क्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै उनलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था झनै बिग्रिदै गएपछि बुधबार रातिबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

वैदेशिक रोजगार व्यवसायी  संघको अध्यक्षमा गैरे डेढ वर्ष अघि निर्वाचित भएका थिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।