काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ।
दिउँसो २ बजेपछि शुरु भएको वार्ता ६ बजेसम्म चलेको हो। व्यवसायी रामेश्वर थापाको चपलीहाइटस्थित घरमा वार्ता भएको हो।
बिहीबार बुढानीलण्ठमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर बाहिरिने क्रममा पत्रकारहरुसँगको सवाल जवाफका क्रममा कुराकानी गर्दै नेपालले भने, ‘राजीनामा दुईरचार दिनलाई टर्यो, कार्यदल बन्छ ।’
ओलीले फागुन २८ गतेका निर्णयहरु फिर्ता गर्ने विषयमा सकारत्मकता देखाएकाले तत्काल राजीनामा नआउने उनले बताए । उनले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने । र, मिल्ने दिशामा अगाडि बढ्ने कुरा भयो ।’
वार्तापछि नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको पनि बताएका छन् ।
प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भएको पनि उनले बताए । विवाद समाधानका लागि कार्यदल बनाएर अगाडी बढ्ने विषयमा सकारात्मक कुरा भएको उनको भनाई छ ।
Comment