नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारबाही फुकुवा गरेको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गरेको हो ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारबाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।

२३ फागुन ०७७ मा सर्वोच्चले नेकपाबाट पूर्वनेकपा एमाले र पूर्वनेकपा माओवादी केन्द्र ब्युँताएपछि नेपालसहित ती नेताहरु पार्टीको समानान्तर संगठनमा लागेको भन्दै २८ फागुनमा बसेको एमाले केन्द्रीय कमिटिको बैठकले कारबाही गरेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।