काठमाडौं। कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको बुधबार राति मृत्यु भएको हो।
५२ वर्षीय न्यायाधीश श्रेष्ठ कोरोना संक्रमण भएपछि केही दिन अघि अस्पताल भर्ना भएका थिए। उनलाई अक्सिजनको सहायतामा राखेर उपचार भइरहेको थियो।
Comment