प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको तयारी पूरा,यस्तो छ मतदानको तयारी (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार विश्वासको मतदानका लागि तयारी पूरा भएको छ । मतदानका लागि तयारी पूरा गरिएको छ । जसमा तीन वटा लवीमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

प्रधानमन्त्रीपछि दलका शीर्ष नेताहरूले संक्षिप्त सम्बोधन गर्ने र त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । त्यसपछि मत विभाजनको प्रक्रिया अघि बढ्ने छ ।

हुन्छ, हुन्न र मत दिन्न गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था मिलाइएको छ । यस्स्तै कोरोना संक्रमित सांसदका लागि ल्होत्सेहलमा मतदानको व्यवस्था रहेको बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।