संविधान संशोधन गर्न सकिन्छ: प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उचित मागका लागि संविधान संशोधन गर्न सकिने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले संशोधनको औचित्यका आधारमा संविशान संशोधन हुने उल्लेख गर्दै ओलीले यसका लागि सुझाव संकलन गर्न कार्यदल गठन गर्न सकिने पनि बताए । 

संविधान असंशोधनिय दस्तावेज नभएको उल्लेख गर्दै उहााले औचित्यका आधारमा संशोधन हुने बताए । 

प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै पनि हिसाबले विश्वास गर्न नपर्ने कारण नभएको बताए । राष्ट्रिय अखण्डता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनतामाथि उठाउने सवालमा वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए । 

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा उपलब्धिपुर्ण ढंगले अगाडि बढेको सरकारालई विश्वास गर्न नपर्ने कुनै आधार नै नभएको बताए । 

सरकारले निष्पक्ष न्याय निरुपणमा जोड दिएको उनले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।