बामदेव गौतमको घोषणाः झलनाथ, माधवले एमाले फुटाएमा म उनीहरूको पार्टीमा सामेल हुन्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालले एमाले विभाजन गरेर अर्को पार्टी बनाएमा आफू त्यसमा सामेल हुने बताएका छन् ।

पार्टीमा समानान्तर गतिविधि गर्ने र कमिटी बनाउनेजस्ता काममा भने आफ्नो असहमति रहेको उल्लेख गर्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । 

गौतमले आफ्ना प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत् दुई धारणा सार्वजनिक गर्दै गौतमले भनेका छन्, ‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।’

गौतमले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ मा फर्कन पनि आग्रह गरेका छन्। तर ओलीले उक्त आग्रह स्वीकार नगरेको गौतमको भनाइ छ। ओलीलाई गौतमले त्यसो भए म साथमा छैन भन्ने जानकारीसमेत दिइसकेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।