प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वासको मत लिन्छु भन्ने प्रस्तावमाथि मतदान गर्न प्रतिनिधि सभाको बैठक सुरु भई केहि बेरका लागि स्थगित गरिएको छ।

बैठक सुरु हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले केहि बेरका लागि स्थगित भएको घोषणा गरेका हुन्। आजको प्रतिनिधिसभा अधिवेशनमा सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालपक्षका सांसदहरु अनुपस्थित रहेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानमन्त्री ओलीलाई विश्वासको मतको विपक्षमा मतदान गर्दैछन् । शनिबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले निर्णय गर्दै कांग्रेसले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आइतबार बसेको जनता समाजवादी पार्टीको पदनधिकारी बैठकले आफ्ना सांसदलाई स्वविवेक प्रयोग गर्नसक्ने अधिकार दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।