कमल थापा भन्छन् : नाटकीय परिवर्तन भएन भने प्रधानमन्त्रीबाट आजै राजीनामा आउला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कुनै नाटकीय परिवर्तन भएन भने प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजै राजीनामा आउने अनुमान गरेका छन्।

‘अनेक विवाद र असफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ’ अध्यक्ष थापाले सोमबार बिहान सामाजिक सञ्जालमा ट्वीट गर्दै यस्तो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदैछन् । अध्यक्ष थापाले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै नाटकीय परिवर्तन नभए आज प्रधानमन्त्रीले विश्वासको मत गुमाउने बताएका छन् ।

आजै राजीनामा आउने अड्कल पनि थापाको छ । अध्यक्ष थापाले ओली फेरि प्रधानमन्त्री बन्न सक्ने पनि बताएका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।