काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार ४१ सय ९८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
सबैभन्दा बढी काठमाडौं जिल्लामा ३१ सय ६१ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना नयाँ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
कोरोनाको नयाँ लहरले देशव्यापी संक्रमित बढेका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा संक्रमित धेरै पाइएका छन् ।
आइतबार देशभरि ८ हजार ८ सय ५० संक्रमित थपिएका छन् ।
Comment