म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८-५ को जित निकाल्दै युनाईटेड फाइनल पुगेको हो ।

इटालियन क्लब रोमाको मैदानमा पराजित भएपनि युनाईटेडले पहिलो लेगमा निकालेको ६-२ को जितको कारण फाइनल यात्रा तय गरेको हो । दोस्रो लेगमा रोमालाई जित दिलाउन इडेन डेज्को र ब्रायन क्रिस्टान्टेले एक-एक गोल गरे ।

युनाईटेडका एडिन्सन काभानीले दुई गोल फर्काए पनि एलेक्स टेलासले एक आत्मघाती गोल गरेका थिए । अब युनाईटेडले फाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ ।

भिल्ला रियलले आर्सनललाई समग्रमा २-१ ले हराएर फाइनलमा स्थान पक्का गरेको छ । फाइनल खेल मे २६ मा हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।