राष्ट्रिय सभा उपनिर्वाचनमा बादलविरुद्ध विपक्षीका साझा उम्मेदवार खिमलाल देवकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलविरुद्धमा विपक्षीपार्टीले साझा उम्मेद्वार बनाएका छन् ।

उपनिर्वाचनमा विपक्षी पार्टीहरू कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले खिमलाल देवकोटालाई साझा उम्मेदवारको रूपमा अघि सार्ने भएका छन्।

माधव नेपाल समूह निकट रहेका डा. देवकोटाले माओवादी केन्द्रको चुनाव चिन्हबाट उपनिर्वाचन लड्ने भएका छन् ।

वागमती र लुम्बिनी प्रदेशका दुई सिटको लागि जेठ ६ गते उपचुनाव हुने भएको छ । माओवादीका रामबहादुर थापा बादल र चन्द्रवहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि ती दुई स्थान रिक्त भएका थिए ।

मंगलबार र बुधबार कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र एमालेको माधव नेपाल पक्षबीच भएको छलफलपछि लुम्बिनीमा कांग्रेसलाई सघाउने तथा वागमतीमा प्रचण्ड–माधव पक्षलाई सघाउने सहमति भएको स्रोतले जनाएको छ ।

बादल निर्वाचित बागमती प्रदेशमा रिक्त स्थानमा जेठ ६ गते उपनिर्वाचन हुँदैछ।

प्रदेश ३ को योजना आयोगको उपाध्यक्ष समेत रहिसकेका उनले २०७६ असारमा व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए। उनी संघीयता विज्ञका रूपमा परिचित छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।