राष्ट्रपतिबाट ७ वटा अध्यादेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रपति  विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा ७ वटा अध्यादेश जारी गरेकी छन्।

भण्डारीले मंगलबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।

भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८  लगायतका अध्यादेश जारी गरेकी हुन् ।

जारी भएका अध्यादेशहरु यस्ता छन्ः

१)यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

२) फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही एन संशोधन गर्ने अध्यादेश, २०७८

३) औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८

४) संवैधानिक परिषद (काम, कर्तब्य अधिकार र कार्यविधि) सम्बन्धी

५) सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८

६) नेपाल प्रहरी र प्रदेश प्रहरी ( कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ र,

७) तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।