थप ४८९७ जनामा संक्रमण पुष्टी, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ​। पछिल्लो २४ घण्टामा ४८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३८७९ पीसीआर परीक्षणमा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्ये काठमाडौं उपत्यकामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना गरी २ हजार ४७ संक्रमित थपिएका छन्।

देशभर सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७७३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ७९ हजार २७९ जना पुगेको छ । १७ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार ११ पुगेको छ 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।