पछिल्लो २४ घण्टामा ३५५६ जनामा संक्रमण पुष्टी, १२ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। पछिल्लो २४ घण्टामा ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय जनाको पीसीआर परीक्षणबाट ३४४२ जना र ८९३ एन्टिजेन परीक्षणबाट ११४ जनाको रिपोर्ट पोजेटिभ हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ७७ हजार ९९५ जना पुगेको छ ।

संक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ पुगेको छ । १२ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार १७६ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।