घर जानेलाई दुई दिनको समय दिएर निषेधाज्ञा गर्छौं : सिडिओ पराजुली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने बताए।

सोमबार काठमाडौंका कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाबीच केहीबेर अघि बसेको बैठकले उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारी गर्नुअघि कम्तीमा दुई दिनको समय दिनका लागि सरकारलाई सिफारिस गरेको छ ।

कोरोना संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा कडाई गर्न लागिएको उनले स्पष्ट पारे । त्यस्तै नागरिकलाई सहज होस भनेर कही क्षेत्र भने खुल्ला गर्न सकिने पराजुलीले जानकारी दिए । उनले कोरोना नियन्त्रण र रोकथानका लागि अनुगमन र माइकिङ लगायतलाई तीव्रता दिएपनि त्यसले नपुग्ने देखिएकाले कडाई गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । 

कडाईका क्रममा दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोक्ने तयारी भएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।