कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार बस्ने तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । 

हाल काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्ला र प्रमुख सहरमा कोरोना संक्रमणको जोखिम बढेकाले सबै नेताहरूले कोरोना भाइरस परीक्षण गरेपछि वैशाख १५ गते बस्ने गरी बैठक रोकिएको हो ।

बैठकमा पार्टीको महाधिवेशनका विषयमा आन्तरिक छलफल र क्रियाशील सदस्यहरूको सन्दर्भमा नेताहरुले विचार राख्ने कार्यसुची रहेको एक नेताले बताए ।

सत्तासमीकरण र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित हुने निश्चित नभएसम्म त्यसबारे हतार नगर्ने निर्णय गरेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।