युरोप पठाईदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने राई महाशाखाको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। महानगरीय अपराध महाशाखाले युरोप पठाईदिन्छु भन्दै लाखौँ रकम ठगी गरेर फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन जिल्ला राप्ती नगरपालिका-३ घर भई काठमाडौँ नयाँबजार बस्ने ३६ बर्षीय भरतप्रसाद राई रहेका छन् ।

पक्राउ परेका राईले ग्र्यांडी ग्लोब होलिडेज प्रालि संचालन गरेर भिजिट भिषामा युरोप जान दश लाख लाग्छ भन्दै युरोपका पोर्चुगल, लाटभिया, युक्रेनलगायतका देशमा पठाउने भन्दै रकम लिएर ठगी गरेका थिए।

राईले तेह्रथुम जिल्ला फेदाप गापा-३ का सागर लिम्बु समेत गरि ६ जनाबाट उन्नाईस लाख सतचालिस हजार रकम लिएर सम्पर्क विहीन भएका थिए ।

महाशाखावाट खटिको प्रहरीको टोलीले राईलाई आज पक्राउ गरेर थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।