काठमाडौं । वि.सं. २०७७ को विदाइसँगै २०७८ को स्वागतको लागि यतिबेला कोरोना त्रासकैबीच पनि उल्लास देखिएको छ ।
नयाँ वर्षलाई हामीमध्ये धेरैले जीवनमा नयाँ संकल्प र शुरुवात गर्ने प्रस्थानविन्दु बनाउँछौं । घुमफिरका पारखीले नयाँ–नयाँ ठाउँ घुम्न मौका छोप्ने समय पनि हो, यो ।
फुर्सद मिल्दा व्यस्त जीवनबाट आक्रान्त बनेको मान्छे प्रकृतिकै काखमा टहलिन रुचाउँछ र प्रकृतिकै काखमा पुग्छ विश्राम लिन। यति बेला पनि धेरै जना नयाँ गन्तव्यको खोजी गर्दै नयाँ वर्षलाई स्वगत गर्ने योजनामा हुन सक्छन्।
न जाडो, न गर्मी ठिक्कको तापक्रम हुने यतिबेलाको मौसम घुमघामको लागि उपयुक्त हुन्छ । प्रकृतिले पालुवा हाल्ने यो वसन्त ऋतुमा सबैतिर हरियो–परियो देख्न पाउनु घुमघामका पारखीलाई बोनस पनि हो ।
कोरोना त्रासको बीच घुम्नको लागि टाढा जान असम्भव भए काठमाडौं नजिकैका गन्तव्यहरु पनि छनोटमा पार्न सकिन्छ । आकारमा सानो र आर्थिक हिसाबले गरिबभनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ ।
त्यसैले यहाँ घुम्नका लागि उपयुक्त धेरै गन्तव्यहरु छन् । नयाँ वर्षमा मान्छेमा नयाँ उमंग हुन्छ। नयाँ योजना हुन्छ। वर्षभरिको कार्यव्यस्तताले थकित मान्छे नयाँ वर्षलाई नयाँ स्थानमा घुमफिर गर्दै रमाइलोसँग मनाउने योजनामा हुन्छन्।
यदि तपाइहरु त्यही सोचमा हुनुहुन्छ र रमाइलो गन्तव्यको खोजीमा हुनुहुन्छ भने २०७८ मा यी स्थान उपयुक्त गन्तव्य हुन सक्छन्।
ककनी
डेटिङ स्पटको रुपमा चिनिने चर्चित ठाँउ हो नुवाकोट जिल्लामा पर्ने ककनी जसलाई काठमाडौं नजिकैको पर्यटकीय स्थलको रुपमा लिईन्छ । ट्राउट माछाको स्वादसँगै मायाँको स्वादमा लिन चाहनेका लागि यो ठाउँ उत्तम हुन सक्छ । ककनी स्टेबरी र ट्राउन माछाले प्रख्यात मानिन्छ । काठमाडौंको माछापोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ । एकै दिनमा फर्केर अउन सकिने यहाँ स–साना उद्यान तथा हरियाली डाँडाहरु छन् । बासका लागी पनि सुविधायुक्त होटहरु छन् । हरियाली वातावरण भएको ककनी धेरैको रोजाइमा पर्न सक्ने ‘पर्यटकीय हब’ हो ।
बालाजुपार्क–तपोबन
बालाजु बाईपासमा रहेको बालाजुपार्क सांस्कृतिक धार्मिक महत्वको क्षेत्र हो। यद्यपी यहाँको पौडी पोखरी, पार्क र २२ धाराले यो स्थानलाई दिन बिताउन सकिने स्थल बनाएको छ।
बालाजु क्षेत्रमा रहेको तपोवन ध्यान, योगका लागि प्रसिद्ध स्थल हो। सिरियस सम्बन्धमा भएका व्यक्तिहरुका लागि यहाँको वातावरणले इनरजाइज गर्छ। त्यसो त यहाँको आध्यात्मिक वातावरणले सम्बन्ध र भावनालाई गम्भिर पनि बनाउँछ। यहाँको पार्क क्षेत्रको शान्त वातावरण गम्भिर कुराकानीका लागि उपयुक्त स्थल पनि हो।
गोदावरी
प्रेम जोडीका लागि प्रेम ब्यक्त गर्ने उत्तम गन्तब्य हो गोदावरी । जहाँ प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि यो एउटा उत्तम ठाउँको रुपमा लिईन्छ । । यहाँ माया साट्नेहरुको भिड हुन्छ । त्यसो त पिकनिक र पारिवारिक रिफ्रेसका लागि पनि गोदावरी पुग्नेहरु थुप्रै भेटिन्छन् । गोदावरीस्थित बोटानिकल गार्डेन आजकल आकर्षक गन्तव्य बनेको छ । फूल, बगैंचा र जंगलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ।
त्रिभुवन पार्क
थानकोट स्थित त्रिभुवन पार्क पिकनिक स्पटसंगै डेटिङ स्पटका रुपमा चिनिन थालेको एक चर्चित थलो हो । हरियाली जंंगलभित्रका स-साना बगैंचा र चराचुरुङ्गीको चिर्बिर-चिर्बिर आवाजले आमन्त्रण गरिरहेका आभास हुन्छ । साथीभाईहरुसँग जमघट गरेर पिकनिक गर्ने र टुगेदरनेसलाई सोसलाइज गर्नका लागि यो पार्क उपयुक्त छ। यो पार्क शान्त र हरियाली वातावरणमा भएकाले पिकनिकका लागि पनि प्रख्यात छ । कलंकीबाट करिब ६ किलोमिटर पश्चिममा रहेको पार्क प्रवेश गर्न विद्यार्थी र अन्यलाई फरक–फरक शुल्क निर्धारण गरिएको छ । पार्क सुनसान र रमणीय भएकाले जोडीहरुले भ्यालेन्टाइन स्पटका रुपमा छनोट गर्न सक्छन् ।
सदर चिडियाखाना
जनावर तथा पंक्षीको अवलोकन मात्र होइन डेटिङका लागि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना रोज्नेहरुको संख्या पनि धेरै छ । शितल र रमणीय स्थल भएकाले धेरै परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । यहाँ रहेको पोखरी किनार र सँगै रहेका खलकुद स्थानहरुमा भुलिने गर्छन ।
धुलिखेल
धुलिखेल अर्को गन्तब्य हो जहाँ धेरै प्रेमिल जोडीहरु रोमान्समा व्यस्त हुन्छन । यो ठाउँ डेटिङका लागि पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ एसेसिबल छ। दशैमा यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ ।
सेतो गुम्बा
काठमाडौंको रामकोट-८ डाँडा गाउँमा रहेको सेतो गुम्बा शान्त वातावरण भएको वाइट गुम्बा जोडीहरुका लागि मन भूल्याउने उपयुक्त स्थान हो । डुक अमिताभा माउण्टेन नामाकरण गरिएको वाइट अर्थात सेतो गुम्बा धेरै प्रेमजोडीहरुले रोज्ने गर्छन । यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । स्वयम्भु वा सितापाइलाबाट डेढ घण्टा हिंडेर गुम्बामा पुग्न सकिन्छ । रमणीय बगैंचा र हरियाली डाँडाहरुमा रमाउन खुबै मजा आउँछ ।
नगरकोट
काठमाडौंबाट करिव ३५ किमीको दुरीमा रहेको यो ठाउँ प्राकृतिक रुपले समेत सुन्दर छ त्यसैले पनि धेरेको रोजाईमा पर्ने गरेको छ नगरकोट । राजधानीको भीडलाई छलेर अनगिन्ती जोडी बाइकमा बत्तिँदै नगरकोट पुग्छन् । त्यहाँको प्राकृतिक सौन्दर्यले प्रेममय मनलाई छताछुल्ल बनाइदिन्छ ।
मनोरम हिम श्रृंखलाले तपाइको जोडीलाई थप प्रेमभास दिलाउछ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाउनु त्यहाँका थप आकर्षण हुन्। आसपासका दृश्य हेर्न त्यहाँ भ्यू टावर बनाइएको छ। नगरकोटमा स्तरीय रिसोर्टको कमी छैन भने जलपादेवी, कालीदेवी, महादेव कुण्डजस्ता देवस्थल पनि छन् ।
चोभार
नयाँ वर्षमा यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौं सहरको सुन्दर दृश्य र हिमाल पनि अवलोकन गर्न सकिन्छ ।
जोडीलाई लुकिछिपी माया साटासाट गर्न यहाँ प्रशस्त स्थानहरु छ । चलचित्र तथा म्युजिक भिडियोका छायांकनका लागि प्रख्याती कमाएको यो स्थान सुनसान र एकान्त छ ।
भोटेचौर
‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरै जोडीको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमापरिवारिक घुमघामको लागि राम्रो मानिन्छ ।
चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरु पनि छन् । साँखुबाट दुई घण्टाको बसयात्रा गरे भोटेचौर पुगिन्छ । साँखुबाट पाँच घण्टा हाइकिङ गर्दै जाँदा भ्यालेन्टनाइ अविस्मरणीय हुन्छ ।
ललितपुरको बज्रवाराही
नयाँ वर्षमा यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । गुमनाम भएर छताछुल्ल मायाँ पोख्न चाहनेहरुका लागि उत्तम गन्तब्य हो बज्रबाराही । उपत्यकाका चार वाराहीमध्ये बज्रवाराही मन्दिरको बेग्लै महत्व छ । ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट सहजै गाडी पाइन्छ । प्राकृतिक रूपले सुन्दर हुनुका साथै ऐतिहासिक स्थलका रूपमा पनि यो मन्दिरको विशेष महत्त्व छ ।
चिसापानी
नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको संगमस्थल चिसापानी पुग्न सुन्दरीजलबाट करिब सात घण्टा हाइकिङ गरेर पुग्न सकिन्छ । घना जंगल र तामाङ बस्तीहरुको अवलोकन गर्दै सात घण्टा यात्रा गर्दाको मजा बेग्लै हुन्छ । शिवपुरी निकुञ्जमा टिकट काटेर जंगल र बस्ती छिचोल्दै चिसापानी डाँडामा पुग्न सकिन्छ । गौरीशंकर, लाङटाङ हिमालको मजाले दृश्यावलोकन गर्न सकिने यहाँ बाट एकैदिनमा पनि काठमाडौं फर्कन सकिन्छ । एकरात बास बस्ने हो भने सुविधायुक्त होटलहरु छन् । हाइकिङ गर्दै भ्यालेन्टाइनलाई स्मरणीय बनाउन चिसापानी अब्बल गन्तव्य हो ।
इन्द्र सरोबर
घुम्नका लागी उपयुक्त स्थान विद्युत उत्पादन गर्न पानी भरिएको मकवानपुरको इन्द्र सरोबर (कुलेखानी) रोज्ने गन्तब्य हो । तालमा काठका डुंगा सयर गरेर रमाउन जोडीहरु यहाँ पुग्छन । माछाका परिकारहरु खानका लागी धेरैको रोजाइमा कुलेखानी पर्छ । काठमाडौंबाट फर्पिङ हुँदै ४५ मिलोमिटर वा सिस्नेरीबाट ५५ किलोमिटर यात्रापछि कुलेखानी पुगिन्छ । स्वप्न बगैंचा
पर्यटकीय क्षेत्र ठमेलमा एउटा ऐतिहाँसक र सुविधासम्पन्न पार्क छ गार्डेन अफ ड्रिम अर्थात स्वप्न बगैंचा । यो उपत्यका भित्रको चर्चित डेटिङ स्पटमध्येको एक हो । सुन्दर र आकर्षक बस्ने ठाउँ, माछा पोखरी, बगैंचा, सुविधा सम्पन्न क्याफे रहेको बगैंचा केशरमहलसँगै रहेको छ । विदेशीहरुको रोजाइमा पर्ने बगैंचा नेपालीहरुको पनि उत्तिनै भिड लाग्छ । सामान्यतः यहाँ प्रवेश गर्न एकसय रुपैंया शुल्क निर्धारण गरिएको छ ।
भृकुटी मण्डप पार्क
भृकुटी मण्डप सँगै रहेको पार्क जोडीहरुका लागि उपयुक्त जक्सनका रुपमा चर्चित छ । विशेष गरी व्यावसायीक प्रदर्शनीका रुपमा चिनिएको भृकुटी मण्डप डेटिङको लागि पनि रोजाईमा पर्ने गरेको छ ।
धुलिखेल
धुलिखेल अर्को गन्तब्य हो जहाँ धेरै प्रेमिल जोडीहरु रोमान्समा व्यस्त हुन्छन । यो ठाउँ डेटिङका लागि पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ एसेसिबल छ।
सुन्दरीजल
नाम जस्तै सुन्दर छ यो ठाउँ । यहाको वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । प्रकृतिको रमणीय काखमा बसेर फोटो सेसन गर्न निकै उत्तम ठाउँ हो यो । दशैमा यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । यो ठाउ निकै ब्यस्त हुने गर्छ । राजधानीबाट करिब १५ किलोमिटर दुरीमा रहेको यो ठाउमा जानेहरूका लागि खान, बस्न र दिन बिताउनका लागी उचित सुबिधाहरु उपलब्ध छन ।
स्वयम्भु परिसर
बौद्ध धर्मावलम्बीको धार्मिक स्थल स्वयम्भु पनि दशैमा यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । धार्मिक स्थल परिसरका रमणीय स्थलहरु प्राय डेटिङ स्पटका रुपमा चिनिएका छन् । त्यसमध्ये काठमाडौं शहरभन्दा केही उच्च स्थानमा रहेको स्वयम्भु शहरको रमणीय दृश्यावलोकन साथै शितलतामा रमाउन सकिन्छ ।
-‘नेपालमा कोरोना संक्रमण बढेकाले घुमघाममा जाँदा सामाजिक दूरी, स्वास्थ्य मापदण्डको पालना अनिर्वाय गर्नुहोला,सतर्कता अपनाऔं’ । -सम्पादक
Comment