दोलखामा जिप दुर्घटना ४ जनाको मृत्यु, १८ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा।  दोलखाको विगु गाउँपालिका वडा नं-४ लादुकको चार गोलाई भन्ने स्थानमा प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको दोलखाका डिएसपी भेषराज रिजालले बताए ।

मृत्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा छन् ।

दुर्घटनापछि निमित्त प्रमुख जिल्ला अधिकारी बद्री तिवारी र डिएसपी रिजाल घटनास्थलमा पुगेका थिए ।

घाइतेमध्ये १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको डिएसपी रिजालले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।