कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक वैशाख ५ गते बस्ने भएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार आज स्थगित बैठक अब वैशाख ५ गते दिउँसो २ बजेका लागि बोलाइएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएपछि आज बस्ने केन्द्रीय समिति बैठक स्थगित भएको थियो ।

कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका तथा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम गर्न समय थप गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।

कांग्रेसको महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका छ । महाधिवेशनका लागि आवश्यक पर्ने क्रियाशील सदस्यता वितरणका काम सिन्धुपाल्चोकलगायत केही जिल्लामा सुरु नै भएका छैनन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।