कांग्रेस पदाधिकारी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाली कांग्रेसको पार्टी पदाधिकारीहरूको बैठक आज बस्दै छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बैठक बोलाएसँगै पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने भएको हो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो।

कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका तयार पारेको छ ।

आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि दुईदिन अघि मात्र प्रमुख प्रतिपक्ष तीन दलबीच बैठक बसेको थियो भने भोलि पार्टीको केन्द्रीय समिति बैठक पुन: बस्दै छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।