एफएनसीसीआईकोको १० वर्षे भिजन पेपर सार्वजनिक, के छ भिजनमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सम्मानित निजी क्षेत्र, समुन्नत नेपालको नारासहित १० वर्षे भिजन पेपर सार्वजनिक गरेको छ ।

महासंघले ५५औं वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवसको अवसरमा आज काठमाडौंमा एक समारोह गरेर एक सय वटा योजना समावेश गरेर भिजन पेपर सार्वजनिक गरेको हो ।

महासंघले देशको अर्थतन्त्र सन् २०३० सम्म १ सय अर्ब डलरको बनाउने लक्ष्य लिएको छ । महासंघले भिजन पेपरमा समावेश गरेका सय वटा योजनामध्ये ४० वटा २ वर्षभित्र कार्यान्वयनमा लगिनेछ । वार्षिक ४ लाखलाई रोजगारी दिने कल्पना गर्दै दश वर्षमा थप २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य पनि महासंघले लिएको छ ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले महासंघले तयार पारेको भिजन पेपर र सरकारले दिएको दिगो विकासको लक्ष्य एउटै भएकाले सबैको सझा संकल्पबाट समृद्ध नेपाल बनाउन सकिने बताउनुभयो ।

भिजन पेपरमा देशको आर्थिक विकासका लागि कोभिडपछिको आर्थिक पुनरुत्थान, नीतिगत सुधार, प्रतिस्पर्धी बजार रणनीति, लगानी प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार, पूर्वाधार विकास जस्ता बिषयहरु समेटिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।