काठमाडाैं । छिमेकी मुलुक भारतमा काेराेनाकाे दाेस्राे लहरले विकराल रूप लिएकाे छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लाे २४ घण्टामा एक लाख बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
यो अवधिमा करिब ६० हजार संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । एकै दिनमा मृत्यु हुनेको संख्या छ सय ८५ रहेको छ ।
सरकारी तथ्यांकअनुसार भारतमा हालसम्म कोरोनाबाट एक लाख ६६ हजार आठ सय ६२ को मृत्यु भएको छ । देशमा कोरोनाका नौ लाख १० हजार सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नौ करोड एक लाख ९८ हजारभन्दा बढी कोरोनाविरुद्धको खोप दिइसकिएको छ ।
Comment