प्रहरी कर्मचारीहरुलाई व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा नपर्न एआईजी पालको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले प्रहरीलाई कानूनको उल्लघंन नगरी कार्य गर्न निर्देशन दिएका छन्।

बुधबार महानगरीय प्रहरी शिक्षालय महाराजगंजको निरिक्षण  भ्रमणमा निस्केका एआईजी पालले प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रहरीले कानुनको उल्लघंन कार्य गर्न निर्देशन दिएका हुन्।

एआइजी पालले प्रहरीको व्यबहार असल हुनुपर्ने, नागरिकहरुलाई छिटो छरितो र सहज सेवा प्रवाहमा जोड दिनुपर्ने, अनुशासित र लगनशिल भइ तोकिएको जिन्नेवारी त्रुटी रहित ढंगवाट सम्पादन गर्नुपर्ने भन्दै निर्देशन दिएका हुन् ।

यस्तै, सम्बोधनका क्रमममा पालले कार्यक्षेत्रमा खटिदा पाईला पाईलामा नागरिक, सरोकारवाला निकाय, राज्य संयन्त्र साथै सरकारबाट समेत अडिट भैरहेको हुनाले व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा नपर्न आग्रह गरे।

प्रहरीको सानो कमजोरीका कारण ठुल-ठुला उपलब्धि पनि छाँयामा पर्ने भन्दै कुनै पनि कमजोरी नगरी जनअपेक्षा, राज्य संयन्त्र र सरकारको अपेक्षा अनुसार व्यवसायिक क्षमतालाई अभिवृद्धी गर्दै प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने पालको भनाइ थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।