ठेक्का लिएर काम नगर्ने ११ निर्माण कम्पनी कालो सूचीमा (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सडक निर्माणको ठेक्का लिएर अलपत्र पार्ने ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई १ वर्षका लागि कालो सूचीमा राखेको हो ।

सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाले लेखी पठाए अनुसार ती कम्पनीहरुलाई कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालो सूचीमा पर्ने कम्पनीहरुमा हेटौंडाको हेटौंडा कन्स्ट्रक्सन, रौतहटको सरस्वती कन्स्ट्रक्सन, वीरगञ्जको अभय कन्स्ट्रक्सन, बाराको जन जागृती कन्स्ट्रक्सन, बाराकै विशाल कन्स्ट्रक्सन, मकवानपुरको विनायक कन्स्ट्रक्सन, मकवानपुरकै शर्मिला निर्माण सेवा रहेका छन् ।

त्यस्तै, काठमाडौंको नयाँ युग निर्माण सेवा, पर्साको शिव निर्माण सेवा, मकवानपुरको आर एर निर्माण सेवा र मकवानपुरकै बी ब्रदर्श निर्माण सेवा रहेका छन् ।

कालो सूचीमा परेका यी कम्पनीहरुले अब १ वर्षसम्म कुनै खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।