सानिमा बैंकको केवाइसी अब विद्युतीय माध्यमबाट अद्यावधिक गर्न मिल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंकले विद्युतिय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाइसी) अद्यावधिक गर्न मिल्ने सुविधा ल्याएकाे छ।

बैंकको वेबसाइटमा रहेकाे अनलाइन केवाइसी अपडेटमा गई विद्युतीय फारममा आवश्यक विवरण भरेर अद्यावधिक गर्न सकिन्छ।

मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि सम्बन्धित ग्राहकले पायक पर्ने शाखामा सम्पर्क राख्न सकिन्छ।

बैंकमा उपस्थित नभई आफू अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने बै‌ककाे भनाइ छ। यसकारण यो सुविधाबाट ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ।

यो बैंकको हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटिएम सञ्चालनमा छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।