मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावबाट पछि हट्‍यो नेपाल समूह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा। नेकपा एमालेको माधव नेपाल पक्षका प्रदेश सांसदले नै अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिएसँगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ।

पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येका एक अरुण नेपालले मंगलवार प्रस्ताव फिर्ता लिनेसम्बन्धी सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए।

पौडेलविरुद्ध गत पुस १० गते ४५ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव पेश गरिएको थियो। अष्टलक्ष्मी शाक्यलाई भावी मुख्यमन्त्री प्रस्ताव गर्दै पेश गरिएको अविश्वासको प्रस्ताव सर्वोच्चको फागुन २३ को फैसलाले बिथोलिदिएको थियो। त्यही कारण देखाउँदै प्रदेश सभा सदस्य अरुण नेपालले अविश्वासको प्रस्ताव फिर्ता लिन बाध्य भएको जनाएका छन्।

आजका लागि मुख्य मन्त्री पौडेलले संसदीय दलको बैठकसमेत बोलाएका छन्। यही बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।