दुर्गाप्रसादले पाए नेपाली नागरिकता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । जीवनको आधा उमेर जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् ।

उनले आज जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् ।

उनलाई जिल्लका सहायक सिडिओ धरेन्द्र चापागाइ र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरे । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको थियो।

दुर्गाप्रसाद भारतमा ४० वर्ष जेल जीवन बितेर केहीदिन अघि मात्र नेपाल फर्किएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।