कांग्रेसको नेतृत्व लोकतान्त्रिक हुन सकेन : पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ  ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पार्टीनै पहिला लोकतान्त्रिक हुन आवश्यक रहेको बताएका छन् । 

नेतृत्वका कारण कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको गुनासो गर्दै देशमा राजनीतिक अन्योल देखिएजस्तै कांग्रेसभित्र पनि उस्तै खालको अन्योल सिर्जना भएको उनको भनाइ छ ।

पार्टीका केन्द्रीय सदस्य दिपक गिरीका पिता स्व लोकमणि गिरीको १३औँ दिनको पुण्यतिथिमा बिहीबार दाङको तुलसीपुरमा आयोजित श्रद्धाञ्जलिसभामा नेता पौडेलले देश अहिले अप्ठ्यारो परिस्थितिमा रहेको बेला प्रमुख प्रतिपक्ष दलको हैसियतले कांग्रेसले ठोस कदम चाल्नुपर्ने बेला पार्टी नै अलमलमा परेको बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।