राष्ट्रपति भण्डारी आगामि सोमबार बंगलादेशको दुई दिने राजकीय भ्रमणमा जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार बंगलादेशको दुई-दिने राजकीय भ्रमणमा जाने भएकी छन् ।  

राष्ट्रपति चैत ९ र १० गते बंगलादेश भ्रमणमा निस्कन लागेकी हुन् । 

राष्ट्रपतिसँगै उक्त राजकीय भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायत मन्त्रालयका सचिव र अन्य पदाधिकारीहरू जाने कार्यक्रम रहेको मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ। 

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यहाँ जान लागेकी हुन्।  

बंगलादेशमा राष्ट्रपतिले शेख मुजिब उर रहमानको जन्मशताब्दी कार्यक्रममा सहभागी हुने र सो कार्यक्रममा ‘नेपाल-बंगलादेश सम्बन्ध’ बारे वक्तव्य दिने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ। 

यसलगायत बंगलादेशका राष्ट्रपतिसँग भेटघाट, शहीद स्मारक र बंगाबन्धु स्मारक संग्रहालय अवलोकन तथा बंगलादेशस्थित नेपाली राजदूतावासमा भेटघाट तथा विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।