महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् ।

दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकोटा आइतबार महालक्ष्मी विकास बैंकको सीईओमा नियुक्त भएका हुन् । उनले एक महिना अघि सिटिजन्स बैंकको डेपुटी सीईओबाट राजिनामा दिएर बसेका थिए ।

देवकोटा अनुभवी बैंकरका रूपमा चिनिन्छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल पनि गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।