यस वर्षको क्यान इन्फोटेक वैशाख २८ गतेदेखि, ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यस वर्षको क्यान इन्फोटेक ०७८ वैशाख २८ गतेदेखि हुने भएको छ । कम्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो ।  

मेला वैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । कोभिड महामारीका कारण यस वर्ष गतवर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरी मेला आयोजना हुन लागेको हो । कोभिड महामारीको जोखिम कम भइनसकेकाले मेलामा स्वास्थ्य सतर्कताका सम्पूर्ण मापदण्ड पालना गरिने आयोजकले जनाएका छन् । 

क्यान मेला प्रवेश टिकटलाई यस वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।  

यस वर्ष पनि झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रुपमा आयोजना हुँदै आएको क्यान इन्फोटेकको यो २७औँ संस्करण हो । क्यानले विगत २० वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय सुचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।