जेठ १३ गतेबाट एसईई परीक्षा सञ्चालन गर्ने बोर्डको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यस वर्षको एसईई परीक्षा जेठ १३ गतेबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ। गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो।

गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।