मिथिला लघुवित्तको लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिथिला लघुवित्तले लाभांश घोषणा गरेको छ । 

कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १ करोड ४६ लाख ८ हजार ९ सय १ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१५७९ प्रतिशतले हुन आउने ७ लाख ६८ हजार ८ सय ८९ रुपैयाँ ५३ पैसा नगद लाभांश गरि कुल १२.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १७ लाख ४० हजार ८ सय ४२ रुपैयाँ रहेको छ   । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।