भक्तपुर । कांग्रेस नेता रामहरि न्यौपानेलाई पितृशोक परेको छ ।
उनका पिता इन्द्रनाथ न्यौपानेको गतआइतबार मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी फाल्गुन १६ गते आइतबार हार्ट अट्याक भई उपचारका क्रममा मध्यपुर अस्पतालमा उपचाररत थिए ।
७६ बर्षीय न्यौपाने विभिन्न सामाजिक कार्यमा क्रियाशिल थिए । न्यौपानेको नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र न.२ कार्यसमितिले फाल्गुन २७ गते न्यौपाने निवासमा श्रद्धाञ्जली सभा गर्दैछ।
Comment