सामाजिक अभियान्ता सविता उप्रेती सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अटिजम बालबालिकाको सेवामा क्रियाशिल बिशेष स्कुल तथा पुनःस्थापना केन्द्रकी संस्थापक तथा अध्यक्ष सबिता उप्रेती सम्मानित भएकी छन । 

अटिजम भएका वालवालिकाहरुलाई अहोरात्र खटेर सेवा पुर्याएको भन्दै“शैक्षिक महिला सञ्जाल” को प्रथम स्थापना दिवसको अवसरमा भएको एक कार्यक्रममा उप्रेतीलाई नगद रु पाँच हजार सहित सम्मान गरेको हो । 

नेपालमा अटिजम भएका बालबालिकाहरुलाई माया र अवसर प्रदान गरे उनीहरु पनि सबल र सक्षम हुन सक्छन् भन्ने सन्देश बोकेर नेपाली समाजमा अटिजम सम्वन्धी सचेतना र सेवा साथै निस्वार्थ भावनाका साथ समर्पित भइ समाजमा सकारात्मक सन्देश पुर्याउदै बिगत लामो समय देखि विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र(SSDRC) स्थापना गरि सामाजिक सेवामा देखाउनु भएको योगदानको उच्च मुल्यांकन स्वरुप उनि सम्मानित भएकी हुन् । 

‘शिक्षा क्षेत्रमा महिलाको आबद्धता,गुणस्तरिय शिक्षाको प्रतिबद्धता’भन्ने मुल नाराका साथ शैक्षिक महिला सञ्जालको प्रथम वार्षिकोत्सव एक औपचारीक कार्यक्रम मार्फत गोकर्णेश्वर-५ ,मा अवस्थित नयाँवस्तिमा सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष पार्वती दाहालले महिलाको नेतृत्व तथा व्यक्तित्व विकास गराउँदै विविध सामाजिक कार्यहरु गर्ने संस्थाको प्रमुख उदेश्य रहेको बताईन् । 

कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले संस्कारयुक्त शिक्षा र सामुदायिक विद्यालयको शिक्षा क्षेत्रमा लागेका महिलाहरुलाई पनि समेट्नुपर्ने कुरामा पनि जोड दिएकी थिइन् । 

गोकर्णेश्वर नगरपालिका वडा नम्बर-५ का वडा अध्यक्ष,सदस्य,प्याप्सन तथा काठमाडौंमा निजी विद्यालय सञ्चालन, प्रिन्सिपल तथा डाइरेक्टर लगाएतका विभिन्न संस्थाको नेतृत्व गर्ने व्यक्तिहरु उल्लेखनीय सहभागिता रहेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।