नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको प्रधानमन्त्रीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा  हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा  गरेका छन् । 

सरकार र  नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शुक्रबारदेखि नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका हुन् । 

ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए ।  ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन,’  उनको भनाइ थियो । 

शान्तिपूर्ण ढंगले बाँच्न पाउने हरेक नेपालीका चाहाना भएको समेत बताए। ‘अब देश विकासको कामले गतिशिल ढंगले अगाडि बढ्छौँ।’ उनले भने, ‘नेपाली जनताको चाहाना यही हो। हामी सबैको चाहाना समृद्ध नेपाल, सुखी नेपाली हो।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।