नेपाल टेलिभिजनको महाप्रबन्धकका लागि आवेदन माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्ष र नेपाल टेलिभिजनको महाप्रबन्धक पदमा भर्नाका लागि विज्ञापन खुलाएको छ। 

बिहीबार सूचना निकालेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत बोर्डको अध्यक्ष सिफारिस समितिको सचिवालयले खुला आवेदन आह्वान गरेको हो।

प्रकाशित सूचनाअनुसार बोर्ड अध्यक्षमा उम्मेदवारीका लागि आमसञ्चार तथा विज्ञापन वा कानुनलगायत विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। उमेर ३५ वर्ष पूरा तथा ६५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन बुझाउने अवधि १५ दिन तोकिएको छ।

यस्तै नेपाल टेलिभिजनको महाप्रबन्धक पदका लागि पनि आवेदन मागिएको छ। यसका लागि ३० वर्ष पूरा तथा ६५ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ। आवेदन दिन सकिने म्याद ७ दिन भनिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।