विद्युतीय माध्यमबाट गरिने भुक्तानीको सीमा बढ्यो, कुन कारोबारमा कति(सूचि)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । 

राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै भुक्तानीको सीमा बढाएको हो । 

राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा संशोधन गर्दै मोबाइल बैंकिङ गर्दा प्रतिदिन अधिकतम २ लाख रुपैयाँसम्मको कारोबार गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यो सीमा १ लाख रुपैयाँसम्मको थियो। 

इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा २० लाख रुपैयाँ कायम गरिएको छ। यसअघि यस्तो कारोबारको सीमा १० लाख रुपैयाँ तोकिएको थियो। 

तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा यो व्यवस्था लागु नहुने राष्ट्र बैंकले जनाएको छ। 

नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क र शुल्क भुक्तानी गर्न पनि रोक नलाग्ने बताइएको छ । यस्तै, विद्युत, दूरसञ्चार, खानेपानी, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्न पनि सीमा तोकिएको छैन । 

स्कुल  कलेज, स्वास्थ्य संस्था, हवाइ सेवा, यातायात, होटल तथा रेष्टुरेन्टको सेवावापत कारोबारको भुक्तानी गर्नुपर्ने बील बमोजिमको रकम भुक्तानी गर्न र सेयर कारोबारको भुक्तानी गर्न पनि सीमाले बाधा नपुर्याउने राष्ट्र बैंकले स्पष्ट पारेको छ। 

राष्ट्र बैंकले यसअघि २०७६ चैतमा विद्युतीय भुक्तानीको सीमा संशोधन गरेको थियो । राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटबाट गरिने कारोवारहरुको अधिकतम सीमा प्रतिदिन एक लाखदेखि १० लाख र प्रतिमहिना १० लाखदेखि ५० लाख रुपैयाँ कायम गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।