काठमाडौं । ग्यास बिक्रेता महासंघको अध्यक्षमा पुन : ज्ञानेश्वर अर्याल अध्यक्ष बनेका छन् ।
फागुन १५ गते काठमाडौंमा सम्पन्न महासंघको चौथो महाधिवेशनबाट अध्यक्षमा अर्यालसहित वरिष्ठ उपाध्यक्षमा चन्द्र थापा निर्वाचित भएका हुन्।
त्यस्तै महासचिवमा विनोद काफ्ले, सचिवमा लालबहादुर केसी र कोषाध्यक्षमा राजेश दाहाल निर्वाचित भएका हुन्।
अर्याल महासंघका पूर्वअध्यक्ष समेत हुन्। पदाधिकारीमा अधिकांश निवर्तमान कार्यसमितिकै सदस्यहरु दोहोरिएका छन्।
महासंघमा ४३ सदस्यको कार्यसमिति बन्ने छ ।
Comment