प्रभु क्यापिटलले ल्यायो ९ वर्षसम्म डिम्याट नवीकरण गर्नु नपर्ने योजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु क्यापिटलले नयाँ डिम्याट योजना सार्वजनिक गरेको छ । क्यापिटलले ‘ट्रिपल नाइन, ट्रिपल बेनिफिट’ नामक योजना संचालनमा ल्याएको हो ।

यस योजना अन्तर्गत डिम्याट लिने ग्राहकले मेरोशेयर निशुल्क रुपमा पाउने, डिम्याटको ९ वर्षसम्म नवीकरण गर्नु नपर्ने अर्थात ८ वर्षको आफै नवीकरण हुने र पीएमएस सेवामा ५० प्रतिशत छुट प्रदान हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस सेवाको लागि ग्राहकले एकमुष्ट ९ सय ९९ रुपैयाँ तिर्नु पर्ने छ । 

नयाँ डिम्याट खाता खोने ग्राहक तथा नविकरण गर्ने ग्राहकहरुले पनि यस ट्रिपल नाइन ट्रिपल वेनिफिट डिम्याट योजनामा संलग्न हुन् सक्ने भएका छन् ।  क्यापिटलले अनलाइन मार्फत पनि डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।