संसद् विघटन मुद्दाको फैसला नआउँदै निर्वाचन आयोगद्वारा चुनाव सामग्री खरिदका लागि बोलपत्र आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वान गरेको छ।

राजनीतिक वृत्तमा वैशाखमा तोकिएको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता कायमै रहेका बेला आयोगले ७ दिने सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको हो ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेकै अवस्थामा आयोगले सरकारद्वारा घोषित वैशाख १७ र २७ को मध्यावधि चुनावका लागि आयोगले प्रक्रिया अघि बढाएको हो।

आयोगले भनेको छ, ‘सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम खरिद कार्य प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्रीहरूको व्यवस्थापन गर्न असम्भवप्रायः भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ को व्यवस्थाबमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आह्वानसम्बन्धी सूचना प्रकाशित गरिएको छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।