राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख परियारलाई पदमुक्त, राजेश झा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरी राजेश झालाई नियुक्त गरेकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले परियालाई पदमुक्त गर्दै रौतहटका झालाई नियुक्त गरेको जानकारी विज्ञप्तिमार्फत दिइएको छ ।

परियार तत्कालीन माओवादीका नेता थिए । पार्टीभित्र देखिएको विवादको असर प्रदेशमा पनि पर्न थालेको छ ।  त्यस्तै  प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ । 

राष्ट्रपति कार्यालयद्वारा जारी एक विज्ञप्तिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा झालाई नियुक्त गरेकी हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई  नियुक्त  गरिएको विज्ञप्तिमा जनाइएको छ ।  शुक्रबार नै  राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।