प्रधानमन्त्रीको ठाडो आदेशमा रामकुमारीलाई पक्राउ गरियोः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताएका छन्। 

बिहीबार पेरिसडाँडामा आयोजित आदिवासी, जनजाती मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तथाकथित राष्ट्रपतिको नाममा गलत बोल्यो भनेर प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको बताए। 

‘कमरेड रामकुमारी झाँक्रीलाई पुलिसले हिजोबाटै पक्राउ गर्न खोजेको थियो’, उनले भने, ‘तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा प्रहरीलाई पक्रिनै प¥यो भनेर पक्राउ गरियो।’ 

उनले आफूहरुले हिजोदेखि बिहानसम्म रोक्न प्रयास गरे पनि जबर्जस्ती पक्राउ गरेको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।